+
+

रास्वपाको केन्द्रीय समितिको बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १ गते १६:२८

१ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा ४ बजेबाट सुरू भएको हो ।

बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा पार्टीबाट कसले उम्मेदवारी दिने भन्ने बारेमा छलफल गर्नुका साथै समसामयिक राजनीति र संगठन बिस्तारबारे छलफल हुने पनि बताइएको छ ।

रास्वपा रवि लामिछानेको नागरिकता विवादसँगै उपप्रधानसहित गृह मन्त्रालय गुमाएपछि सरकारबाट बाहिरिएको थियो ।

यद्यपि, सरकारलाई समर्थन भने जारी राखेको छ । आजको बैठकमा सत्तारुढ दलहरुले सरकारमा सहभागी हुन आह्वान गरेकाले सो विषयमा पनि छलफल गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?