+
+

उम्मेदवारी दर्ता गर्न मन्त्री अर्याललाई पर्खिँदै रास्वपा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २४ गते १२:५२
इलामको मुख्य निर्वाचन अधिकृतको कार्यालय ।

२४ चैत, इलाम । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम–२ को उपनिर्वाचनमा शनिबार दिउँसो ३ बजेपछि मनोनयन दर्ता गराउने भएको छ ।

उम्मेदवारी दर्ताका लागि रास्वपाका केन्द्रीय उपसभापति डीपी अर्याल इलाम आउँदैछन् । उनी आउन ढिला हुने भएकाले २ बजेपछि मात्र रास्वपाले उम्मेदवारी दर्ता गर्ने कार्यतालिका बनेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए ।

‘मनोनयन समय तालिका भनेको सहजताको लागि बनाइएको हो, फरक दलबीच विवाद नहोस् भन्नका लागि हो, मन्त्रीज्यू अबेर मात्र आइपुग्ने भएकाले उहाँहरुको अनुरोधमा हामीले ३ बजेपछिको समय दिएका हौं ।’

मन्त्री अर्याल यसअघि साढे १२ बजे इलाम आइपुग्ने तय भए पनि ढिलाइ भएको रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
इलाम–२ मा १५ वैशाखमा हुने उपनिर्वाचनका लागि रास्वपाले मिलन लिम्बुलाई उम्मेदवार तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?