+
+

रास्वपा उम्मेदवार मिलन लिम्बुले दर्ता गराए मनोनयन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २४ गते १६:५२

२४ चैत, इलाम । इलाम २ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले मनोनयनपत्र दर्ता गराएका छन् ।

रास्वपाका उपसभापति श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी सहितको टोलीसँग मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा पुगेर लिम्बुले मनोनयन पत्र दर्ता गराएका हुन् ।

रास्वपाका उम्मेदवार लिम्बुअघि ११ जनाले मनोनयन पत्र दर्ता गराइसकेका छन् । मनोनयन दर्तापछि मन्त्री समेत रहेका रास्वपा उपसभापति अर्यालले अन्य पार्टीलाई गाली गलौच नगरी आफ्नो पार्टीलाई मात्र चिनाउने काम गर्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङले पनि मनोनयन पत्र दर्ता गराएका छन् । उनको मनोनयन दर्ता गराउन जाने टोलीमा संघीय सांसद विना लामा पनि सहभागी थिइन् ।

शनिबार नै स्वतन्त्र उम्मेदवार मनोज निरौला, नेपाल रिपब्लिक नेशनल पार्टी (एनआरएन) का उम्मेदवार धनराज राना मगरको मनोनयन पनि दर्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?