+
+

गोरखामा क्याम्पस प्रमुखमाथि भएको कुटपिटको चौतर्फी भत्सर्ना

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २ गते १६:००

२ फागुन, गोरखा । द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीमाथि भएको कुटपिटको घटनाप्रति क्याम्पसको स्वतन्त्र बिद्यार्थी युनियन, प्राध्यापक र कर्मचारी संगठनले भत्सना गरेको छ । घटनापछि विज्ञप्ति जारी गर्दै स्ववियुले घटनामा संलग्नलाई कारवाहीको माग गरेको छ ।

अनेरास्ववियू (क्रान्तिकारी) क्याम्पस इकाइ अध्यक्ष अनिश अर्यालको नेतृत्वको युवाले मंगलबार क्याम्पस प्रमुख दुवाडीमाथि हातपात गरेका थिए । उक्त घटनामा संलग्नलाई कारवाही नगरी कुनै राजनीतिक दलले संरक्षण गरेमा विरोधमा उत्रिने स्ववियु सभापति प्रविण बस्नेतले चेतावनी दिएका छन् ।

उक्त घटनाको क्याम्पसका कर्मचारी संघ र पब्लिक क्याम्पस प्राध्यापक संघले पनि भत्सर्ना गरेका छन् । संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै उनीहरुले घटनामा संलग्नलाई अविलम्व कानूनी कारवाही गर्न माग गरेका छन् ।

‘लोकतन्त्रको सुन्दर पक्षको रुपमा अभिव्यक्ति स्वतन्त्रता संविधानले व्यवस्था गरेको भए तापनि यस्ता अमानवीय र अपमानजनक व्यवहारले कानुन र लोकतन्त्रकै खिल्ली उडाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘क्याम्पस प्रमुख भए तापनि वहाँको व्यक्तिगत बिषयलाई लिएर शिक्षाको मन्दिर क्याम्पसमा नै अराजक घटना गराउने र शैक्षिक वातावरण नै बिगार्ने काम निन्दनीय छ ।’

समस्या समाधान र कानुनी उपचारका अन्य उपायको ख्याल नै नगरी व्यक्तिगत रुपमा सामाजिक सञ्जालमा उल्लेख गरिएको बिषयलाई लिएर क्याम्पस प्रमुखमाथि हातपात तथा तोडफोडका घटनाले प्राध्यापक कर्मचारीको मनोवल गिराउने काम भएको र यसले सुरक्षा चुनौती थपिएको उनीहरुले बताएका छन् ।

दोषीलाई संरक्षण प्रदान गरी प्रोत्साहन गरेमा बिरोधका कार्यक्रम गर्ने चेतावनी उनीहरुले दिएका छन् । घटनाको विरोध गर्दै उनीहरुले आज क्याम्पसको पठनपाठन समेत ठप्प बनाएका छन् ।

नेपाल बिद्यार्थी संघले पनि घटनाको बिरोध गर्दै दोषीलाई कारवाहीको माग गरेको छ । बिज्ञप्ती जारी गर्दै क्याम्पसमा सुरक्षाको प्रत्याभूती दिलाउन समेत माग गरेको छ ।

जनयुद्ध दिवसको रुपमा फागुन १ गते सिरकारले दिएको विदाको सन्दर्भलाई जोड्दै दुवाडीले सामाजिक संजालमा पोष्ट गरेको अभिव्यक्तिलाई लिएर अनेरास्ववियू (क्रान्तिकारी) क्याम्पस इकाइका विद्यार्थीहरुले मंगलबार बिहान उनीमाथि हातपात गरेका थिए । उनीहरुले प्रमुखको कार्यकक्षमा रहेको टेवल समेत तोडफोड गरेका थिए ।

हेर्नुहोस् विज्ञप्ति : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?