+
+

संसदले पुर्वसांसद मञ्चलाई परामर्शदाताको रुपमा राख्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २ गते १८:५९

२ फागुन, काठमाडौं । प्रतिनिधिसभाले पुर्वसांसद मञ्चलाई परामर्शदाताको रुपमा राख्ने भएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा यस्तो सहमति जुटेको हो । यो प्रस्ताव एमाले सांसद महेश बर्तौलाले राखेका थिए ।

एमालेकै सांसद सुवास नेम्वाङले ‘सिंहदरबार पुर्व सांसद मञ्चलाई कोठा नै दिएर राखिदिएको’ भन्दै भनी समर्थन जनाए ।

अन्य सांसदहरुले पनि विगतमा समेत पूर्व सांसद मञ्चलाई परामर्शदाताको रुपमा सहयोग लिने गरेको भन्दै सहमति जनाएपछि नियमावलीमै लेखिने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?