+
+

२५ वर्षपछि पुन: बजारमा आयो लोकप्रिय नोकिया ३२१०

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २८ गते १३:३६

२८ वैशाख, काठमाडौं। फिनिस कम्पनी एचएमडी ग्लोबलले नोकियाको कुनै बेलाको निकै चर्चित मोडेलको फोन सार्वजनिक गरेको छ । कम्पनीले २५ वर्षपछि नोकिया ३२१० फोनलाई बजारमा ल्याएको हो ।

केही समययता यो फिचर फोनका विवरणहरु सार्वजनिक भईरहेका थिए र कम्पनीले केही समय पहिले नै यो चर्चित फोन पुनः बजारमा ल्याउने घोषणा गरिसकेको थियो ।

नोकिया ३२१० को पछिल्लो संस्करणमा नयाँ लुक्सको डिजाइन र अपडेटेड स्पेसिफिकेसन्स हुनुका साथै यसले युट्युब शर्ट्स जस्ता एपहरुलाई सपोर्ट गर्दछ। इसमा नोकियाको सिग्नेचर गेमहरु, टी ९ किप्याड, ट्रयाकप्याड तथा एउटा रियर क्यामेरा सेटअप रहेको छ ।

जुन २ मेगापिक्सेलको हुनुका साथै एलइडी फ्लास पनि राखिएको छ । साथै यसमा २.४ इन्चको TFT LCD QVGA रंगीन डिस्प्ले रहेको छ । पूरानो संस्करणमा १.५ इन्चको मोनोक्रोम प्यानल थियो । यो फोनमा Unisoc T107 चिपसेट राखिएको छ।

यो फिचर फोन S30+ अपरेटिंग सिस्टममा चल्दछ भने यसमा ६४ मेगाबाइट र्याम र १२८ मेगाबाइटको स्टोरेज रहेको छ । स्टोरेजलाई माइक्रोएसडीको माध्यमबाट ३२ गिगाबाइटसम्म बढाउन सकिन्छ ।

फोनमा १४५० मिलि एम्पियर आवरको निकाल्न मिल्ने ब्याट्री छ । फोनमा ब्लुटुथ ५.०, युएसबी सी पोर्ट र डुअल सिम फोर जी सपोर्ट रहेको छ। यो फोनको वजन ८७.८ ग्राम छ।

Nokia 3210 (2024)] फोनलाई कम्पनीले युरोपेली बजारमा लञ्च गरेको हो । युरोपमा यो फोनको मूल्य ८९ युरो तोकिएको छ । हाल यो फोन जर्मनी, स्पेन तथा बेलायतमा उपलब्ध छ ।

कम्पनीले कालो, निलो तथा सुनौलो गरी ३ रंगमा यो फोन पेश गरेको छ । यो फोन निकट भविष्यमै विश्वका अन्य बजारमा पनि उपलब्ध हुने अपेक्षा गरिएको छ ।

यद्यपि यसबारेमा कम्पनीले केहीपनि बताएको छैन। एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?