४ जेठ, काठमाडौं । राष्ट्रिय सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको छ ।
अध्यक्ष नारायण दाहालले बैठक सुरु गरे लगत्तै कांग्रेसका सांसदहरूले उठेर अवरोध गरेका हुन् ।
कांग्रेसको अवरोधपछि अध्यक्ष दाहालले बैठक स्थगित गरिदिए । पाँच मिनेट पनि बैठक बस्न सकेन । अर्को बैठक जेठ ६ गते दिउँसो सवा १ बजेका लागि बोलाइएको छ ।
बैठक अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठकमा सदन खुलाउने विषयमा छलफल भएको थियो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान कांग्रेसले राखेको छ । लामिछाने सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप कांग्रेसले लगाउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4