+
+

महिन्द्रा उत्सव योजनाका विजेतालाई पुरस्कार हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ४ गते १३:५२

काठमाडौं । नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्याक्टरहरूको आधिकारिक वितरक अग्नि ग्रुपले सञ्चालन गरेको ‘महिन्द्रा उत्सव–२०२३’ विशेष योजनाका विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ ।

ग्रुपले विश्वकर्मा पूजा, दशैं, तिहार र छठ पूजालाई लक्षित गरी महिन्द्रा ट्याक्टर खरिद गर्ने ग्राहकका लागि विशेष योजना सञ्चालन गरेको थियो ।

गत ६ चैतमा लक्की ड्र मार्फत सार्वजनिक गरिएको विजेतामा वीरगञ्जका आदेश कुँवर, विर्तामोडका मिसेक फयाक र चरिकोटका देवकोटा निर्माण सेवा प्रालि रहेको कम्पनीले जनाएको छ ।

५ केभीए महिन्द्रा पावरोल जेनेरेटर विजेता चरिकोटका देवकोटा निर्माण सेवा प्रालिलाई २६ वैशाखमा, जावा फोर्टी टु मोटरसाइकल विजेता मिसेक फयाकलाई विर्तामोडमा २७ वैशाखमा र  महिन्द्रा इलेक्ट्रिीक तीन पाङ्ग्रे रिक्सा–ट्रियो यारी विजेता आदेश कुँवरलाई २९ वैशाखमा वीरञ्जमा विशेष कार्यक्रमको आयोजना गरी पुरस्कार हस्तान्तरण गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?