+
+

अग्नि ग्रुपले धनगढीमा खोल्यो महिन्द्राको एसयूभी शोरुम

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २४ गते १४:५०

काठमाडौं । अग्नि ग्रुपले कैलालीको धनगढीमा महिन्द्राको एसयूभी शोरुम सञ्चालनमा ल्याएको छ । आइतबारबाट खुलेको उक्त शोरुमले भारतको एसयूभी निर्माता महिन्द्रा एण्ड महिन्द्राका फ्ल्यागसिप ग्लोबल एसयूभीहरु स्कार्पियो एन, एक्सयूभी ७००, एक्सयूभी ३०० गाडीको बिक्रीका साथै पार्टपूजा र सर्भिसिङ सेवासमेत दिनेछ ।

ट्वीन पिक्स ब्रान्डेड महिन्द्राको एक्सयूभी शोरुमको सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री प्रकाशबहादुर देउवा, अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा र महिन्द्रा एण्ड महिन्द्राका कन्ट्री हेड चैतन्य कगलकरले उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले धनगढी र आसपासका क्षेत्रका ग्राहकलाई गुणस्तरीय सेवा र अधिकतम सुविधा दिने उद्देश्यले नयाँ शोरुम स्थापना गरिएको बताए ।

‘यस क्षेत्रमा नयाँ आधिकारिक महिन्द्रा शोरुमको स्थापनासँगै आउँदा दिनहरूमा ग्राहक र कम्पनीबीच विश्वास अझ प्रगाढ बन्दै जाने तथा उपभोक्तालाई अधिक्त्तम लाभ प्राप्त गर्ने विश्वास लिइएको छ । शक्तिशाली इन्जिन, उन्नत सुविधाहरू र स्टाइलिस डिजाइनको साथ एक्सयूभी ७०० र एक्सयूभी ३०० ले नेपाली ग्राहकहरूलाई असाधारण ड्राइभिङ अनुभव प्रदान गर्ने गर्नेछ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?