+
+
Shares
कविता :

सपनाहरू

कञ्चन बस्नेत कञ्चन बस्नेत
२०७९ फागुन ३ गते १३:३०

आजकल म

अजीव अजीव सपना देखिरहेको हुन्छु

सपनाहरुमा म पढिरहेको हुन्छु

अखबारको फ्रन्ट कभरमा छापिएको

अनुहार हराएका केही लासको कथा

म हरेक सबेरै

मेरो पत्र मञ्जुषा

धम्कीपत्रहरू भरिएको पाउँछु

 

त्यसपछि सुन्छु

इन्गेजमेन्टकै दिन विधवा बन्न

अभिशप्त स्त्रीले जातको छायामुनि

छाडेका प्रलापहरू

मेरो सामुन्ने आउँछिन्

आफनै आँसुले डढेकी किशोरी

अनि मेरो कथा छापिदिनु भन्दै

हातमा थमाइदिन्छिन्

यौनाङ्गबाट बगिरहेको वीर्यमिश्रित रगत

डरले पानीपानी भएर म

कोठाभित्र हतारिएर पस्छु तर

म देख्छु मेरो रोमान्टिक कलम

नाजी पार्टीको घोषणापत्र लेख्नुमा व्यस्त छ

 

म सशंकित हुँदै झ्याल खोल्दा देख्छु

वोधीवृक्षमुनि भगवद् गीता पढिरहेको बुद्ध

अनि छेवैमा सुकाइएको

आँसुले धोइपखाली गरेका रक्ताम्य चिवरहरू

बगैंचामा

किन फूल फुलेको देख्‍न सक्दैन वसन्त ?

बतासलाई सरक्क पन्छाएर

आँधी बोलाई बोलाई

फूलको हत्या गर्नु लाउँछ वसन्त

 

खै किन हो कुन्नि

मृतात्माहरू हरेक दिन

मलाई पृथ्वीमा नबस भन्दै रुन्चे अनुरोध गरिरहेका हुन्छन्

खबरहरू मेरो कानलाई डराउन आएका छन् कि

ग्रेवयार्ड फुटालेर निस्किएका मार्क्स

बन्दुकको नालमा मुन्टो अड्याएर

नयाँ साम्यवाद कल्पिरहेका छन् रे

 

मध्यरातमा समाचार मलाई सुनाइरहेको छ कि

धुलो जमेको गितार पुछेर

बब डिलन अमेरिकी राष्ट्रपतिको

स्तुतिगानमा सङ्गीत भरिरहेका छन्

यो सबै हुँदै गर्दा म देखिरहेको हुन्छु

आगोमा आत्मदाह गर्न आतुर

असंख्य गुलाफहरू

अर्कोतिर देख्छु

दिनदिनै मोटाइरहेको स्वर्ग जाने

धार्मिक सिंढीहरू

 

यति त प्रष्ट छ कि

यहाँ केवल व्यापार भइरहेको छ

खुसीको लाभ देखाएर

खुदखुसी गर्न लगाउने व्यापार

यसरी

प्रत्येक भविष्यको सपना

दुनियाँको आगतको सपना

मैले सोचेभन्दा अर्कै पाइरहेको छु

म डराइरहेको छु

मैले देख्ने सपना र

मैले विउँझिने दुनियाँ

आलिङ्गनमा बाँधिन लागेका छन् ।।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?