+
+

बेस्ट फिचर लोडेड स्कुटरको अवार्ड टीभीएस एनटर्क १२५ रेस एक्सपीलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ५ गते १४:११

काठमाडौं । नेपालका लागि टीभीएस मोटर कम्पनीको एक मात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सको उत्पादन टीभीएस एनटर्क रेस एक्सपी २०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटर अवार्डबाट सम्मानित भएको छ ।

१२५ सीसी सेग्मेन्टको स्कुटरमा १० पीएस भन्दा बढी पावर निकाल्ने एक मात्र स्कुटर भएकोमा यसलाई उक्त अवार्ड प्रदान गरिएको हो । अवार्ड नेपाली स्टार्टअप, उत्पादन र नेपाली प्राविधिक इभेन्टसँग सम्बन्धित नेपाली मिडिया टेकलेखले प्रदान गरेको हो ।

स्कुटर उद्योगमै पहिलो पटक भोइस असिस्ट फिचर ल्याएर टीभीएसले उद्योगमा एउटा नयाँ छाप छोड्न सफल भएको कम्पनीले जनाएको छ । भोइस असिस्ट फिचर अन्तर्गत मोड चेन्ज, न्याभिगेसन, कन्सोल ब्राइटनेस एडजस्टमेन्ट, डु नट डिस्टर्ब जस्ता फिचरहरु उपलब्ध छन् । यो भोइस असिस्ट फिचरलाई टिभीएस स्मार्ट कनेक्ट ब्लुटुथ कनेक्टिभिटीले सपोर्ट गरेको छ । एनटर्क १२५ रेस एक्सपीको द रेस ट्युन्ड फुएल इन्जेक्सन (आरटी–एफआई) इन्जिनले ५५०० आरपीएमका साथ १०.२ पीएसको पावर र १०.८ एनएमको टर्क जेनेरेट गर्दछ । ३ बल्ब सीभीटीआई–रेभ इन्जिन भएको यस स्कुटरको टप स्पिड ९८ किमी प्रति घण्टा रहेको छ ।

कम्पनीका अनुसार एनटर्क १२५ रेस एक्सपीमा दुई ओटा ड्राइभ मोड (स्ट्रिट मोड र रेस मोड) रहेको छ । ट्राइ टोन कलर थिम र रेस इन्स्पायर्ड बडी डिक्यालले पनि यस स्कुटरलाई स्पोर्टी लुक दिएको छ । त्यस्तै यसमा भएको टेलिस्कोपिक सस्पेन्सन र डबल स्टिच्ड हिस्टेरेसिस सिटले यस स्कुटरलाई आरामदायी त बनाएको छ नै साथै बजारमा उपलब्ध अन्य स्कुटर भन्दा एक कदमले अगाडि देखाएको छ ।

२०२२ को बेस्ट फिचर लोडेड स्कुटरको अवार्डबाट सम्मनित हुन पाउँदा एकदमै गौरव महसुस भएको जगदम्बा मोटर्सका सीईओ दीपक अग्रवालले बताए । टीभीएस एनटर्क १२५ रेस एक्सपी यो सेग्मेन्टमै सबैभन्दा बढी पावर दिने स्कुटर मात्र नभएर डुअल राइड मोड भएको पनि सेग्मेन्टमै पहिलो भएको उनले बताए ।

यसमा एक्सिलेरेसन पनि सुधारिएको र टप स्पिड पनि पहिलाको मोडल भन्दा धेरै बनाइएको उनको भनाइ छ । बेस्ट इन क्लास कनेक्टिभिटी र सेग्मेन्ट फर्स्ट १०.२ पीएसको पावरले सर्वोत्कृष्ट पर्फर्मेन्सको ग्यारेन्टि दिनुको साथै ग्राहक सेवा सन्तुष्टिको मान्यतालाई पनि आत्मसात गरेको अग्रवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?