+
+

मन्त्रिपरिषद्‌मा प्रधानमन्त्रीको ब्रिफिङ : कांग्रेसले संसद्‌मा गृहमन्त्रीलाई बोल्न दिन्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते १५:२८

३ जेठ, काठमाडौं । मन्त्रिपरिषद्को बैठकमा संघीय संसद्‌मा जारी अवरोधको विषयमा सामान्य छलफल भएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद् सहज ढंगले चल्ने विश्वास रहेको बताएका छन् ।

नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै आएको छ । यस विषयमा संसदीय छानबिन समिति बन्नुपर्ने उसको माग छ । यही माग राखेर कांग्रेसले संसद् अवरोध गर्दै आइरहेको छ ।

संसद्को गतिरोध खुलाउने विषयमा आफू शीर्ष नेताहरूसँग निरन्तर संवादमा रहेको ब्रिफिङ प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरूसमक्ष गरेका छन् ।

‘कांग्रेससँग कुरा भएको छ । संसद् चल्छ । उपप्रधान तथा गृहमन्त्रीले संसद्‌मा बोल्न पनि पाउनुहुन्छ । त्यसपछि एउटा सकारात्मक सन्देश जान्छ’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने ।

बिहीबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक दिउँसो ४ बजेका लागि सारिएको छ ।

शीर्ष नेताहरूको बीचमा संवाद जारी रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री लामिछानेले संसद्‌मा बोलिसकेपछि कसरी जाने भनेर फेरि दलहरू बीचमा छलफल हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?