+
+

सबै मन्त्री हटाउने तयारी, सानो आकारमा नयाँ मन्त्रिपरिषद् पुनर्गठन हुने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते १०:००

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्का सबै मन्त्रीलाई हटाउने भएका छन् ।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले एमाले र रास्वपालाई समेट्दै मन्त्रिपरिषद पुनर्गठन हुने जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘पुरानो सेट सबै चेन्ज हुन्छ । एमाले र रास्वपासहित मन्त्रिपरिषद पुनर्गठन हुन्छ ।’ मन्त्रिपरिषद पुनर्गठनका लागि प्रधानमन्त्री प्रचण्डले दलहरुसँग मन्त्री बन्नेहरुको नाम मागेको जानकारी पनि उनले दिए ।

स्रोतका अनुसार, अहिलेका सबै मन्त्री हटाउने र सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएको छ ।

नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक/एक जना मन्त्री बन्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?