+
+

तत्काल मन्त्रिपरिषद् हेरफेर हुन्न : कानूनमन्त्री गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १७ गते १२:२९

१७ माघ, बुटवल । कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले तत्काल मन्त्रिपरिषद् हेरफेर नहुने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले मन्त्री फेर्ने बताउने गरेको भए पनि नेपाली कांग्रेसका उपसभापति समेत रहेका मन्त्री गुरुङले अहिलेको अवस्थामा आफ्नो दल मन्त्रिपरिषद् हेरफेरको पक्षमा नरहेको बताए ।

नेपाल प्रेस युनियन रुपन्देहीले बुधवार बुटवलमा गरेको पत्रकार सम्मेलनमा उनले अहिले मन्त्री फेरबदल गर्ने अवस्थामा कांग्रेस र सरकार दुवै नरहेको बताएका हुन् ।

‘सत्तारूढ दलका नेताहरूबीच छलफल गर्दा अहिलेलाई यही मन्त्रिपरिषद् ठीक छ भन्ने सबैको भनाइ छ,त्यसैले तत्कालका लागि मन्त्री फेरबदल हुँदैन,’ मन्त्री गुरुङले भने, ‘बाहिर चर्चा भएजस्तो गठबन्धनभित्र छैन ।’

तत्कालीन माओवादी सशस्त्र युद्ध र अन्य आन्दोलनसँग सम्बन्धित संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधयेकको विषय सहमतिकै आधारमा टुंगो लगाउने गरी सरकार क्रियाशील रहेको पनि उनले बताए । ‘सकभर सहमतिमा टुंगो लगाउने हो नभए प्रक्रियामा गएर भए पनि टीआरसी विधेयक अबको अधिवेशनबाटै टुंगो लाग्छ,’ मन्त्री गुरुङको भनाइ छ ।

हिउँदे अधिवेशनमा सरकारले धेरैभन्दा धेरै विधेयकहरू लैजाने तयारी गरेको मन्त्री गुरुङले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?