+
+

कांग्रेस शीर्ष नेताहरु र कानुन व्यवसायीहरुको छलफल जारी

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ५ गते १५:०१

५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुले विपक्षी दलको नेताबारे कानुन व्यवसायीहरुसँग छलफल गरिरहेका छन् ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि कांग्रेस संसदीय दलका नेतालाई विपक्षी दलको नेता बनाउन नहुने माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा लिखित जवाफ मागिएको छ । भने संसद सचिवालयले पनि विपक्षी दलको नेताबारे कुनै निर्णय गरेको छैन ।

सर्वोच्चमा लिखित जवाफ पठाउनुअघि कांग्रेस शीर्ष नेताहरु कानुनी परामर्शमा जुटेका हुन् ।

संसदीय दलको कार्यालय, सिंहरदबारमा भइरहेको छलफलमा वरिष्ठ अधिवक्ता शम्भु थापा, शेरबहादुर केसी, रमन श्रेष्ठ, हरिहर दाहाल, खम्बबहादुर खाती लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?