+
+
Shares

ओली–लेखक पक्राउबारे समीक्षापछि मात्र कांग्रेस धारणा आउने

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १४ गते ९:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउबारे संसदीय सचेतना कार्यक्रममा समीक्षा गर्ने भएको छ।
  • ओली र लेखकलाई नयाँ सरकारले गौरीबहादुर कार्की संयोजकत्वको आयोगको सिफारिस अनुसार पक्राउ गरेको छ।
  • कांग्रेसले कार्की आयोगको प्रतिवेदनलाई अपूरो भनेपछि कानुनका विज्ञ र युवा अभियन्ता समावेश समिति बनाएर अध्ययन गर्ने निर्णय गरेको छ।

१४ चैत, काठमाडौं । नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउबारे समीक्षा गर्ने भएको छ ।

नवनिर्वाचित सांसदहरूका लागि आयोजना गर्न लागेको ‘संसदीय सचेतना’ कार्यक्रममा ओली र लेखक पक्राउबारे समीक्षा गर्ने भएको हो ।

जेनजी आन्दोलनमा दोषी रहेको आरोपमा सरकारले ओली र लेखकलाई पक्राउ गरेकोबारे प्रारम्भिक धारणासमेत सार्वजनिक नगरेको कांग्रेसले ‘संसदीय सचेतना’ कार्यक्रममा समीक्षा गर्ने एक पदाधिकारीले जानकारी दिए ।

‘आज पार्टी कार्यालयमा ‘संसदीय सचेतना’ कार्यक्रम छ । त्यहाँ हामीहरूको भेट हुन्छ,’ उनले भने, ‘समग्र स्थितिको समीक्षा गरेर धारणा सार्वजनिक गर्छौं ।’

कांग्रेसले पार्टीका तर्फबाट संसदीय अभ्यास, प्रक्रिया एवम् प्राथमिकता तथा पार्टीको प्रतिज्ञापत्रबारे बुझाउन नवनिर्वाचित सांसदहरूका लागि शनिबार बिहान ११ बजेबाट ‘संसदीय सचेतना’ कार्यक्रम सुरू गर्दैछ ।

कांग्रेसका नेताहरूले ओली–लेखकको पक्राउबारे प्रतिक्रया दिन मानेका छैनन् । स्रोतका अनुसार घटनाको बुझाइबारे कांग्रेसमा मतभिन्नता छ । त्यसलाई एकरूपता दिन उनीहरूले प्रतिक्रिया दिन नमानेका स्रोतको भनाइ छ ।

नवगठित सरकारले गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगले गरेको सिफारिसका आधारमा ओली र लेखकलाई शनिबार बिहानै पक्राउ गरेको छ ।

तर, कांग्रेसले उक्त प्रतिवेदनलाई प्रथमदृष्टिमा अपूरो र अधुरो भनेको छ । प्रतिवेदन अध्ययनका लागि कांग्रेसले कानुनका बेत्ता, शासन सत्तामा अनुभव भएका व्यक्ति र जेनजी आन्दोलनमा सहभागी भएका युवा अभियन्ता तथा विज्ञहरू सम्मिलित समिति बनाउने भएको छ ।

बिहीबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले उक्त समितिले कार्की आयोगसँगै राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई बुझाएको प्रतिवेदनहरू गहनतापूर्वक अध्ययन गरेपछि पार्टीले दृष्टिकोण बनाउने बताएका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?