+
+

‘ज्याकी : आई एम ट्वान्टी वान’मा धीरजको डान्सिङ लुक

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ५ गते १७:२६

काठमाडौं । आइकोर फिल्म्सले निर्माण गरेको फिल्म ‘ज्याकी : आई एम ट्वान्टी वान’को ‘क्यारेक्टर लुक्स’ सार्वजनिक भएको छ । शीर्ष पात्र ज्याकीको चरित्रमा धीरज मगर प्रस्तुत छन् । ‘डान्स ड्रामा’ फिल्मको यो फस्टलुक हो जसमा शीर्ष पात्रको रुपमा धीरजको गेटअपदेखि हुलियालाई चित्रण गरिएको छ ।

रेनशा बान्तवा राई निर्देशित फिल्म वैशाख २१ गतेबाट प्रदर्शन हुने तयारीमा छ । ‘इन्टुमिन्टु लण्डनमा’पछि धीरज र आइकोरबीच यो दोस्रो सहकार्य हो । निर्माताले क्यारेक्टर लुक्सपछि टिजर सार्वजनिक गर्दैछन्, जहाँ सहायक कलाकारहरु जसिता गुरुङ र अरुण क्षेत्रीलाई फिचर्ड गरिने निर्माता प्रज्ज्वल राणाले जानकारी दिए ।

सार्वजनिक क्यारेक्टर भिडियोमा धीरजलाई एक नर्तकको रुपमा पेस गरिएको छ । निर्देशक राई स्वयं नृत्य निर्देशक रहेको र शीर्ष चरित्र पनि डान्सिङ मुडमा देखिएकाले दर्शकले फिल्ममा डान्सको पक्षलाई मज्जा लिन सक्ने अपेक्षा गर्न सकिन्छ । फिल्ममा कालीप्रसाद बाँस्कोटा र रोहित शाक्यको संगीत तथा सुसन प्रजापतिको छायांकन छ । द वाइल्ड रिप्पर्ज क्रुको नृत्य निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?