+
+

स्कटल्याण्डविरुद्धको अन्तिम खेलमा नामिबियाले टस जितेर फिल्डिङ गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ८ गते ९:००

८ फागुन, काठमाडौं । आईसीसी लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पाँचौं खेलमा नामिबियाले स्कटल्याण्डविरुद्ध टस जितेर फिल्डिङ गरिरहेको छ ।

यस सिरिजमा नामिबियाको यो अन्तिम खेल हो । यसअघि खेलेको तीन वटै खेलमा हार बेहोरेको नामिबिया एउटा सकरात्मक नतिजाको अपेक्षासहित मैदानमा उत्रिएको छ ।

नामिबिया पहिलो खेलमा नेपालसँग दुई विकेट, दोस्रो खेलमा स्कटल्याण्डसँग १० विकेट तथा तेस्रो खेलमा नेपालसँगै तीन विकेटले पराजित भएको थियो ।

नामिबिया लिग २ को  ३३ खेलमा १८ जित, १४ हार र एक खेल नतिजाविहीनसहित ३७ अंकको साथमा अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?