+
+

कुशल र रोहितले सम्हाल्दै नेपालको इनिङ्स

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १३ गते १०:५३

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले अहिले नेदरल्याण्ड्ससँग खेलिरहेको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९ ओभर सकिँदा ३ विकेट गुमाएर ७६ रन बनाएको छ ।

सुरुवाती तीन विकेट गुमाएपछि नेपालको इनिङ्स ओपनर कुशल भुर्तेल र कप्तान रोहित कुमार पौडेलले सम्हालिरहेका छन् । नेपालले राम्रो सुरुवात गरेपनि १२ रन जोड्न ३ विकेट गुमाएपछि दबामा परेको थियो ।

नेपालले ४२ रन हुँदा ओपनर आसिफ शेखलाई पहिलो विकेटको रुपमा गुमाएको थियो । आसिफले २७ बलमा २ चौका र १ छक्का प्रहार गरी १७ रन बनाए ।

त्यसपछि अनिल शाह ७ र कुशल मल्ल २ रनमा आउट हुँदा नेपाल ५४-३ को स्थितिमा पुगेको थियो । एक छेउबाट लगातार विकेट जाँदा ओपनर कुशल भुर्तेलले अर्को छेउबाट नेपालको इनिङ्स सम्हालेका थिए । अहिले क्रिजमा भुर्तेल र कप्तान रोहित पौडेलले ब्याटिङ गरिरहेका छन् ।

डच टोलीका लागि भिभियन किंग्माले २ तथा आर्यन दत्तले १ विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?