+
+

नेपालको इनिङ सम्हाल्दै आसिफ र कुशल

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ९ गते १०:३३

९ फागुन, काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिवियाविरुद्धको खेलमा लगालग विकेट गुमाएको नेपालको इनिङ आसिफ शेख र कुशल मल्लले सम्हालेका थिए ।

ओपनर कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवात दिलाए पनि एकै ओभरमा दुई विकेट गुमाएपछि नेपाल समस्यामा परेको थियो । सातौं ओभरको दोस्रो बलमा कुशल बेर्नाडए स्कोल्ट्जको बलमा १८ रनमा एलबीडब्लू आउट भएका थिए । एक बलपछि अनिल साह शून्य रनमा क्याच आउट भएका थिए ।

अर्को ओभरमा देव खनाल पनि शून्यमा आउट भएपछि नेपाल ४३–३ को अवस्थामा पुगेको थियो ।

त्यसपछि टोलीले सरप्राइज रुपमा कुशल मल्ललाई पठाएको छ । कुशल र आसिफ नेपाललाई सम्हाल्न खोजेका छन् । नेपालको आजको टोलीमा यी दुई खेलाडीपछि भीम सार्की, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरी जस्ता ब्याटर आउन बाँकी छ ।

करण र सोमपालले पनि राम्रो ब्याटिङ गर्दछन् । आसिफ र कुशलले एउटा राम्रो साझेदारी गर्न सके नेपाल बलियो योगफलमा पुग्न सक्छ ।

यो समाचार तयार आसिफ शेख अर्धशतक बनाउँदै क्रिजमा छन् । कुशल मल्लले १८ रन बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?