+
+

रेसुंगा पोषणमैत्री स्वास्थ्य संस्थायुक्त र पूर्ण खोप सुनिश्चित पालिका

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २६ गते १६:०५

२६ वैशाख, गुल्मी । गुल्मीको रेसुंगा नगरपालिका स्वास्थ्य क्षेत्रका सबै सूचकहरु पूरा गरेर पोषणमैत्री स्वास्थ्य संस्थायुक्त र पूर्ण खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणा भएको छ । पालिकाको स्थापना दिवसको अवसरमा उक्त घोषणा गरिएको हो ।

नगरपालिकाका स्वास्थ्य संयोजक मञ्जु घर्तीले पालिकाका १४ वटै वडाका १६ वटा स्वास्थ्य संस्था पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भइसकेको बताइन् ।

पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका र पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणाले नगरपालिकाको स्वास्थ्य क्षेत्रमा एउटा फड्को मारेको रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताए । पोषणमैत्री स्वास्थ्य संस्थायुक्त घोषणा गर्ने क्रममा जिल्लाका १२ वटा स्थानीय तहहरुमध्ये रेसुंगा नगरपालिका चौंथो बनेको छ ।

यसअघि गुल्मीदरबार, छत्रकोट र धुर्कोट गाउँपालिकाले घोषणा गरिसकेका छन् । त्यस्तै नगरपालिकाले पूर्ण खोप दिगोपन सुनिश्चतता घोषणा गरेको छ ।

जिल्लालाई २०७१ साल चैत ३० गते नेपालमै साताैं जिल्लाको रुपमा पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । त्यसपछि प्रत्येक वर्ष पूर्ण खोप दिगोपन सुनिश्चतता घोषणा गर्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?