+
+
स्पट फिक्सिङ :

६ म्याचको ३६ लाख हुने भनेको थिएँ, दुवै जनाले मानेनन् : महबुब आलम

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ८ गते १५:०५

८ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कीर्तिमानी पूर्व खेलाडी महबुब आलमले टी–२० लिगमा स्पट फिक्सिङका लागि दुई जना खेलाडीसँग अप्रोच गरेको स्वीकारेका छन् ।

सरकारी वकिलको रोहवरमा प्रहरीलाई दिएको बयानमा आलमले त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म नेपाल टी–२० लिगमा दुई जना खेलाडीलाई आफूले फिक्सिङका लागि प्रस्ताव राखे पनि उनीहरुले अस्वीकार गरेको बताएका छन् ।

आफ्नो छिमेकी रवि माझीले पोखरा एभेन्जर्सका एक जना खेलाडी र फार वेष्ट युनाइटेडका अर्का एक खेलाडीले कुनै खेलमा ब्याटिङ गर्दा ५ भन्दा कम रन बनाएर आउट भए अथवा बलिङ गर्दा एक ओभरमा विपक्षीलाई १० भन्दा बढी रन बनाउन दिए नेपाली ६ लाख रुपैयाँ दिने प्रस्ताव राखेको आलमको भनाइ छ । माझीले खेलाडीको काम हुनसाथ पैसा उपलब्ध हुने बताएको उनले भनेका छन् ।

‘त्यसअनुसार भन्दा एकजनाले मबाट यो काम हुँदै भन्ने जवाफ दिए, मैले उनलाई पैसा राम्रो दिएको भएर कुरा गरेको, बाँकी ६ म्याचको प्रति म्याच ६ लाखको दरले ३६ लाख हुने म्यासेन्जरमा बताएको थिएँ’, उनले भनेका छन्, ‘मलाई पनि प्रति म्याच २ लाख रुपैयाँ दिने बताएर खेलाडीसँग सम्पर्क गर्न भनिएको थियो ।’

अर्का खेलाडीले तत्काल निर्णय नदिएको उनले भनेका छन् । ‘उनीहरुले प्रस्ताव स्वीकार नगरेका कारण उक्त रकम भुक्तान भएको छैन’, उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?