+
+

स्कटल्याण्डको दोस्रो जित, नामिबियाले एक खेल पनि जित्न सकेन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ८ गते १६:५९

८ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिगको जारी शृंखलामा स्कटल्याण्डले दोश्रो जित हात पारेको छ ।

नेपालसँगको एउटा खेल हारेको र एउटा खेल खेल्न बाँकी रहेको स्कटल्याण्डले नामिबियासँगका दुवै खेल जितेको छ ।

दोश्रो खेल जित्ने क्रममा स्कटल्याण्डले आज सोमबार नामिबियालाई ४३ रनले हरायो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्ड ४८.४ ओभरमा २२१ रनमा अलआउट भएको थियो ।

तर स्कटल्याण्डले बलियो बलिङका साथमा नामिबियालाई ३८.४ ओभरमा १७८ रनमा रोक्दै दोस्रो जित हात पारेको हो ।

स्कटल्यान्डले दिएको २२२ रनको विजयी लक्ष्य पछ्याएको नामिबियाका लागि ओपनर लोहान्ड्रे लोरेन्सले अर्धशतकीय ५२ रनको पारी खेले । उनले ६७ बलमा ६ चौका सहित ५२ रन बनाए । अर्का ओपनर कार्ल ब्रिकनस्टोक मार्क वाटको बलमा एलबीडब्ल्यु भए । कप्तान ग्रहार्ड एरास्मसले ३८ बलमा ४ चौका र २ छक्का सहित ४३ रन बनाए ।

जेन ग्रिन २५ रनमा क्याच आउट हुँदै नामिबियाका लागि अन्तिम विकेट गुमाए ।

स्कटल्यान्डका लागि मार्क वाटले ८.४ ओभर बलिङ गर्दै २ मेडन सहित ४१ रन खर्चेर ४ विकेट लिए । अर्का बलर माइकल लिस्कले १० ओभर बलिङ गर्दै १ मेडन सहित ४२ रन खर्चेर ३ विकेट लिए । ब्रान्डन म्याक्मुलेनले २ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको स्कटल्यान्डका लागि क्रिस्टोफर म्याकब्राइडले सर्वाधिक ४७ रन बनाए । उनले ७५ बलमा ७ चौका प्रहार गरे । ओपनर काइल कोजर ताङ्गामाई लुङ्गामेनीको बलमा डगआउट भए । लियम न्यालर २० रन बनाउँदै रुवेन ट्रम्पलम्यानको बलमा बोल्ड भएका थिए ।

कप्तान रिची बेरिङटन ५५ बलमा ३२ रन बनाउँदै बर्नाड स्कोल्ज्को बलमा एलबीडब्ल्यु भए । म्याथ्यु क्रस १६ मा ट्रम्पलम्यानको बलमा बोल्ड भए । तोमस म्याकिन्टोसले ३४ र बनाउँदै स्टम्पिङ भए । माइकल लिस्कले २९ रन बनाए ।

नामिबियाका लागि रुविन ट्रम्पलम्यानले ९.४ ओभर बलिङ गर्दै ३० रन खर्चेर ५ विकेट लिए । ताङ्गेनी लुङ्गामेनीले ९ ओभरमा ५८ रन खर्चेर २ विकेट लिए । बर्नाड स्कोल्ज, बेन सिकान्गो, पिक्की या फ्रान्सले समान १–१ विकेट लिएका हुन् ।

जारी शृंखलामा खेलका सबै ४ खेल हारेको नामिबिया लिग टूमा ३४ खेल सक्दा ३७ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । स्कटल्याण्ड भने तीन खेल अगावै लिग टु को विजेता बनेको थियो । भोलि स्कटल्याण्डसँग खेल्न लागेको नेपालको २७ खेलबाट २४ अंकसहित तालिकाको छैटौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?