+
+

राष्ट्रपतिको निर्वाचनको मतदाता नामावलीमा सांसद चौधरीको नाम राख्न माग

रासस रासस
२०७९ फागुन ११ गते १४:०१

११ फागुन, काठमाडौं ।  राष्ट्रपतिको निर्वाचनको मतदाता नामावलीमा नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको नाम समावेश गर्न निवेदन परेको छ ।

निर्वाचन आयोगले बुधबार राष्ट्रपति निर्वाचनका लागि ८८१ जना मतदाताको नामावली सार्वजनिक गरेको थियो । जसमा कैलाली-२ बाट निर्वाचित चौधरीको नाम समावेश छैन । मतदाता नामावलीमाथि दाबी विरोधको समय बिहीबार मध्यान्ह १२ बजेसम्म तोकिएको थियो ।

सांसद चौधरी ट्रकमा आगजनी गरेको घटनामा दोषी ठहर भइ जेल चलान भएका थिए । तर प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद माफी दिएपछि चौधरी रिहा भइसकेका छन् । उनी रिहा भइसकेको भन्दै नामावलीमा नाम समावेश गर्न माग गर्दै निवेदन परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अन्य चारवटा निवेदन भने नाम सच्याउने विषयमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्राप्त निवेदनका सम्बन्धमा छलफल गरी निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार मध्यान्ह १२ बजे राष्ट्रपतिको अन्तिम नामावली प्रकाशन गर्नेछ । मतदानमा सङ्घीय संसद्का सांसद र प्रदेशशभा सदस्यले मतदान गर्न पाउने छन् । राष्ट्रपति निर्वाचन २५ फागुनमा हुँदैछ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?