+
+

तिलौराकोटमा पुनः थालियो उत्खनन्

रासस रासस
२०७९ फागुन ११ गते १९:२१

११ फागुन, चन्द्रौटा । भगवान् गौतम बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको प्राचीन तिलौराकोटमा विगत जस्तै यस वर्ष पनि उत्खनन थालिएको छ ।

उत्खननमा बेलायतको दुरह्याम विश्वविद्यालय, पुरातत्व विभाग, लुम्बिनी विकास कोष र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विज्ञ सहभागी छन् ।

तिलौराकोट क्षेत्रको विभिन्न ठाउँमा उत्खनन कार्य ४५ दिनसम्म चल्ने पुरातत्व विभागका प्रमुख रामबहादुर कुँवरले जानकारी दिए ।

तिलौराकोटको पूर्वी द्वार अगाडिको संरचना, कन्थक स्तूप नजिकै भेटिएका विहार र पोखरीको अनुसन्धानसमेत थालिएको उनले बताए ।

यसका साथै तिलौराकोटमा भौगर्भिक सर्भेलगायत कार्य गर्ने योजना रहेको कुँवरको भनाइ छ ।

विगत वर्षमा मुख्य दरबार क्षेत्र, उत्तरी द्वार, मौर्यकालीन पोखरी, समयमाई मन्दिर पछाडि, शिवगढ, कन्थक स्तूपलगायत क्षेत्रमा उत्खनन गरिएको लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?