+

एनआरटीलाई हराउँदै आर्मी केपी ओली कपको सेमिफाइनलमा

२०७९ फागुन  १२ गते १४:०१ २०७९ फागुन १२ गते १४:०१
एनआरटीलाई हराउँदै आर्मी केपी ओली कपको सेमिफाइनलमा

१२ फागुन, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज शुक्रबारको पहिलो खेलमा न्युरोड टिम (एनआरटी)लाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै आर्मीले सेमिफाइनल यात्रा तय गरेको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीबाट १–१ गोल भएपछि समय अभाव भन्दै सिधै पेनाल्टी सुटआउट गरिएको थियो ।

पेनाल्टीमा आर्मीका जगजीत श्रेष्ठ, टेकबहादुर बुढाथोकी, विकास खवास, दिनेश हेम्जन र नवयुग श्रेष्ठले गोल गरे ।

एनआरटीका लािग जिन एनिसेन्ट एमबौमी, लालनुन्जामा कोल्ने, निकोलस सेर्जी सङ र बिक्रम धिमालले गोल गरे ।

एनआरटीका स्टेफेन जुनियर एनगुमबोउसको पेनाल्टी आर्मीका गोलकिपर विकेश कुथुले बचाएका थिए ।

यसअघि खेलको ३२ औं मिनेटमा एनआरटीका लागि लालनुन्जामा कोल्नेले गोल गर्दै एनआरटीलाई १–० को अग्रता दिलाएका थिए ।

तर खेलको ५३ औं मिनेटमा एनआरटीका कप्तान बिक्रम धिमालले आत्मघाती गोल गरेपछि आर्मी खेलमा फर्किएको थियो ।

विजेता आर्मीले सेमिफाइनलमा सातदोबाटो युथ क्लबसँग खेल्नेछ । आजको दोस्रो खेलमा मछिन्द्र फुटबल क्लब र चर्च ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

एनआरटी केपी ‌ओली कप फुटबल त्रिभुवन आर्मी क्लब

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय