+
+

हावाको तीव्र गतिका कारण कतार र मालिन्दोको जहाज काठमाडौं अवतरण गर्न सकेनन्

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १२ गते १६:५८

१२ फागुन, काठमाडौं । जहाज आएकै दिशाबाट तीव्र गतिमा बहेको हावाका कारण कतारबाट आएको कतार एयरवेज र मलेसियाबाट आएको मालिन्दो एयरले ओभरसुट गर्नु परेको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार यी दुई जहाज अवतरण गर्न नसकी पुनः आकाशमै फर्काइएको छ । यस्तो अवस्थालाई ‘टेलविन्ड’ भनिन्छ ।

सामान्यतया १० नट्स भन्दा कमको वहाव हुँदा जहाज अवतरण गर्न सक्छन् । तर, गति १५ नट्सभन्दा माथि भएपछि जहाज ओभरसुट गर्नु परेको हो । यी जहाज अहिले नेपाली आकाशमा घुमिरहेका छन् । चाप सामान्य भएपछि अवतरण गराइने कार्यालय स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?