+
+

विमानस्थलका डीआईजी चन्दको प्रहरी हेडक्वार्टर सरुवा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २६ गते १७:२१

२६ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्द प्रहरी प्रधान कार्यालय सरुवा भएका छन् ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कँुवरको सिफारिसमा गृह मन्त्रालयले उनलाई प्रहरी प्रधान कार्यालयमा रहेको प्रदेश समन्वय विभागमा सरुवा गरेको हो ।

विभागमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को नेतृत्व छ । विभागको नेतृत्व एआईजी सुदीप गिरीले गरिरहेका छन् ।

विमानस्थलमा प्रहरी र अध्यागमन विभागका कर्मचारीबीच कुटपिट भएको घटनामा प्रहरीलाई कारबाही गरिएको प्रति डीआईजी चन्द असन्तुष्ट थिए । गृह मन्त्रालयले बनाएको छानबिन समितिले पनि प्रहरी कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेपछि उनले राजीनामा दिएका थिए ।

उपत्यका प्रहरी कार्यालयबाट अघि बढेको राजीनामा प्रहरी प्रधान कार्यालय, नक्सालमा पुगेपछि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, एआईजी टेकप्रसाद राई, मिरा चौधरी लगायतले रोकेका थिए । उनीहरुसँग भएको छलफलपछि राजीनामा रितपूर्वक नभएको भन्दै प्रहरी प्रधान कार्यालयले राजीनामा अघि बढाएको थिएन ।

यसपछि चन्द अहिले १० दिन बिदामा छन् । त्यहीबीच उनको सरुवा भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायाँलाल मोक्तान १२ माघमा विमानस्थलको अराइभलबाट डिपार्चरतिर गएका थिए ।

मेटल डिटेक्टर भएको स्थानमा उनलाई चेकजाँच गर्न खोज्दा मोक्तानले आफू ‘अधिकृत भएको’ बताउँदै जाँच नगरी हिँड्न खोजेका थिए । त्यसक्रममा उनले अपशब्द समेत बोलेको प्रहरीको दाबी छ ।

त्यसपछि प्रहरी र कर्मचारीबीच कुटाकुट भएको थियो । यसमा जोडिएका तीन जना प्रहरी कर्मचारीलाई उपत्यका प्रहरी कार्यालयमा तानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?