+
+

बेलफी हाइड्रोपावरले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १४ गते ११:००

१४ फागुन, काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीले लिमिटेले हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ ।

सर्वसाधारणलाई आईपीओ जारी गरी १० जेठ २०७९ मा नेप्सेमो सूचीकृत भई दोस्रो बजारमा सूचीकृत भएको कम्पनीले आईपीओ निष्कासनको एक वर्ष पनि नहुँदै हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत प्रतिशत अथात् १ः०.५ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले बैंकको कर्जा चुक्ता गर्ने उदेश्यले हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको कम्पनीले जनाएको छ ।

सञ्चालक समितिले प्रस्ताव गरेको हकप्रद सेयर आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डको स्वीकृत भएपछि निष्कासन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?