+
+

साफ यू–१९ च्याम्पियनसिप जुलाईमा नेपालमै हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १४ गते १७:४८

१४ फागुन, काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले आयोजना गर्ने साफ यू–१९ च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ ।

साफले आइतबार आफ्नो सामाजिक सञ्जाल मार्फत २०२३ को प्रतियोगिता, मिति र भेन्यु सार्वजनिक गरेको हो ।

जस अनुसार नेपालमा आयोजना हुने यू–१९ च्याम्पियनसिप २०२३ को जुलाई ७ देखि १७ सम्म सञ्चालन हुने छ ।

नेपालले यसअघि सन् २०१५ मा घरेलु भूमिमा भएको यो प्रतियोगिताको उपाधि जितेको थियो ।

यस्तै २०१९ मा यो प्रतियोििगता साफ यू–१८ च्याम्पियनसिपको नाममा आयोजना हुँदा नेपालले नै अवसर पाएको थियो । त्यतिबेला फाइनलमा नै पुग्न नसकेको नेपालले सन् २०१५ मा भुटानमा भएको साफ यू–१८ च्याम्पियनसिप जितेको थियो ।

यो वर्ष आयोजना हुने साफ यू–१९ च्याम्पियनसिपमा नेपालसहित दक्षिण एसियाका बंगलादेश, भुटान, भारत, माल्दिभ्स र पाकिस्तान सहभागी हुने छन् । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले श्रीलंकामाथि प्रतिबन्ध लगाएका कारण त्यो प्रतिबन्ध नहटेसम्म उसले साफका कुनै पनि प्रतियोगिता खेल्न पाउने छैन ।

प्रतियोगिताहरुमा साफ यू– १७ वुमन्स् च्याम्पियनसिप २०२३ बंगलादेशमा आयोजना हुनेछ । यो प्रतियोगिता मार्च २० देखि २८ सम्म चल्नेछ ।

साफ च्याम्पियनसिप २०२३ भारतमा हुनेछ । यसको मिति भने टुङ्गो लागेको छैन ।

साफ यू–१६ च्याम्पियनसिप २०२३ भने १ देखि ११ सेप्टेम्बरमा भुटानमा आयोजना हुनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?