
१८ फागुन, काठमाडौं । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले बुधबार राति एभरटनलाई ४-० ले पराजित गरेको छ ।
यस जितपछि आर्सनलले दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि ५ अंकको अग्रता समेत बनाएको छ ।
घरेलु मैदान एमिरेट्स मैदानमा भएको खेलमा आर्सनलका लागि शानदार जित दिलाउन गाब्री मार्टिनेलीले दुई तथा बुकायो साका र मार्टिन ओडेगार्डले एक एक गोल गरे ।
खेलको ४०औं मिनेटमा साकाको गोलबाट आर्सनलले अग्रता लिएको थियो । साकाकै पसमा मार्टिनेलीले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै अग्रता दोब्बर पारे ।
कप्तान ओडेगार्डले ७१औं रतथा मार्टिनेलीले ८०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि आर्सनलले सहजै ३ अंक जोडेको हो ।
जितपछि बर्सनलले २५ खेलबाट ६० अंक जोडेको छ । उति नै खेलबाट सिटीको ५५ अंक छ ।
हारपछि एभरटनलाई रेलिगेसन जोन अर्थात १८औं स्थानम छ र २५ खेलबाट जम्मा २१ अंक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4