+
+

फिल्म सेन्सर बोर्डको अध्यक्षमा सहसचिव नेत्रप्रसाद सुवेदी

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १८ गते १६:५६

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केन्द्रीय चलचित्र जाँच समितिको अध्यक्षमा सहसचिव नेत्रप्रसाद सुवेदीलाई नियुक्त गरेको छ । यसअघिका अध्यक्ष सेवन्तक पोखरेल भन्सार विभागको उपमहानिर्देशकमा सरुवा भएपछि सुवेदीलाई सेन्सर बोर्डको जिम्मा दिइएको हो । उनी मन्त्रालयका प्रवक्ता समेत बनेका छन् ।

अध्यक्षको भूमिकामा आएपछि सुवेदीले दुई सातायता फिल्म सेन्सर पनि गरिरहेका छन् । सेन्सर बोर्डका पूर्वअध्यक्ष पोखरेल एक महिनाअघि नै भन्सार विभागमा सरुवा भएका थिए । खासगरी ‘प्रेमगीत ३’ र चलचित्र विकास बोर्डको विवादलाई साम्य पार्न पोखरेलले सहजकर्ताको भूमिका खेलेका थिए ।

सेन्सर बोर्डमा मन्त्रालयका सहसचिव अध्यक्ष हुने अभ्यास छ । सेन्सर बोर्डका अध्यक्षलाई नै मन्त्रालयको प्रवक्ता समेत तोकिने गरिएको छ ।

छड्के २’लाई दुई पटक सेन्सर

नेपाली फिल्म जाँचको इतिहासमा फिल्म ‘छड्के २’लाई दुईपटक सेन्सर गरिएको छ । सेन्सर बोर्डका कर्मचारी खेमराज जोशीका अनुसार ३० प्रतिशत सेन्सर गर्दा फिल्मको लम्बाइ छोटिएर १ घण्टा ३० मिनेट ५५ सेकेण्डमा सीमित भएको छ । ‘नेपाली समाज अनुकूलका दृश्य नभएकाले ३० प्रतिशत सेन्सर गर्नुपरेको छ । त्यसपछि निर्माताले नयाँ फिल्म ल्याउनुभयो र हामीले पीजी सर्टिफिकेट दियौं,’ उनले भने ।

एउटै फिल्मलाई दुईपटक सेन्सर गरिएको यो पहिलोपटक भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?