+
+
Shares

दीपिका पादुकोणले हलिउड कलाकारसँगै ओस्कार अवार्ड हस्तान्तरण गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १९ गते १४:४०

काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोणले विजेतालाई ओस्कार अवार्ड हस्तान्तरण गर्ने भएकी छन् । एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेजले ‘प्रेजेन्टरको’ रुपमा पादुकोणको नाम घोषणा गरेको छ । इन्स्टाग्राममार्फत दीपिकाले आफूसहितका सम्पूर्ण ‘प्रेजेन्टर’को नाम सार्वजनिक गरेकी छन् ।

यो सूचीमा ड्वेन जोन्सन, माइकल बी जोर्डन, रिज अहमद, एमिली ब्लन्ट, ग्लेन क्लोज, ट्रोय कोट्सर, ड्वेन जोन्सन, जेनिफर कोनेली, स्यामुएल एल ज्याक्सन, मेलिसा म्याकार्थी, जो साल्दाना, डोनी येन, जोनाथन मेजर्स, जेनेल मोना, एरियाना डेबोस पनि छन् । दीपिकाले ओस्कार ह्यासट्याग प्रयोग गर्दै पोस्ट सेयर गरेकी छन् ।

उनको उक्त पोस्टमा बलिउड अभिनेता तथा पति रणवीर सिंह, अभिनेत्री नेहा धुपिया र बहिनी अनिषा पादुकोणले प्रतिक्रिया जनाएका छन् । फ्यानहरूले पनि दीपिकालाई माया र प्रशंसाको वर्षा गरेका छन् । एक प्रयोगकर्ताले टिप्पणी गरेका छन्, ‘दीपिका पादुकोणजस्तो कसैले पनि गर्दैन ।’ अर्का एक प्रयोगकर्ताले भविष्यमा दीपिकाले ओस्कार जित्ने मार्गप्रशस्त गरेको बताएका छन् । ‘भारतीय अभिनेत्रीहरू जित्दै छन्,’ अर्का फ्यानले भने ।

९५ औं एकेडेमी अवार्ड मार्च १२ (नेपालमा मार्च १३)मा लस एन्जलसको डली थिएटरमा आयोजना हुँदैछ । यस वर्ष भारतबाट तीन फिल्महरु ओस्कारमा प्रतिस्पर्धा गर्दैछन् । यस वर्षको सुरुमा सोही विधामा गोल्डेन ग्लोब अवार्ड जितेपछि आरआरआरको गीत ‘नाटु नाटु’ उत्कृष्ट मौलिक गीतको सर्टलिस्टमा छ । शौनक सेनको ‘अल द्याट ब्रीद्स’ उत्कृष्ट डकुमेन्ट्री फिचर फिल्म र गुनित मोंगाको ‘द एलिफ्यान्ट व्हिस्परर्स’ उत्कृष्ट वृत्तचित्र सर्टका लागि मनोनयनमा परेका छन् ।

फ्यानले पछिल्लो पटक दीपिकालाई पठानमा देखे जसले दुई हप्तामा भारतमा ५०० करोड भारुभन्दा धेरै कमाइ गरेको छ । यसले विश्वव्यापी बक्स अफिसमा यसअघि नै हजार करोड भारुभन्दा धेरै कमाइ गरेको छ । फिल्ममा शाहरुख खान, जोन अब्राहम, डिम्पल कपाडिया, आशुतोष राणालगायत कलाकारको अभिनय थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?