+
+

खानेपानी र ढल बनाउँदा पनि नेटवर्कमा समस्या देखियो : नेपाल टेलिकम

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १९ गते १५:५२

१९ फागुन, काठमाडौं । नेपाल टेलिकमले उपत्यकामा सडक, खानेपानी, ढल र विद्युत मर्मतका क्रममा आफ्नो पूर्वाधारमा क्षति पुगेर मोवाइल र टेलिफोनका ग्राहकले समस्या भोग्नुपरेको बताएको छ ।

टेलिकमले शुक्रबार एक विज्ञप्ति जारी काठमाडौ उपत्यकाका ठमेल, ताहाचल, ज्याठा, कमलादी, कपन, गोंगबु, हात्तिगौंडा, खुशिबु, तीनकुने (सुविधानगर), लुभु, कीर्तिपुर लगायत स्थानमा पछिल्ला केही दिनमा कम्पनीको भूमिगत तथा पोलमा रहेका संरचनामा क्षति पुगेर ग्राहकले समस्या भोग्नुपरेको बताएको छ ।

‘सडक, खानेपानी, ढल, विद्युत, लगायत अन्य विभिन्न जनसरोकारका पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडाले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा यी संरचनामा क्षति पुग्ने गरेको छ’ टेलिकमका प्रवक्ता शोभन अधिकारीले भनेका छन्, ‘यसले गर्दा हजारौ ग्राहकहरु वर्तमान समयमा अत्यावश्यक भइसकेका दूरसञ्चार सेवाहरु प्राप्त गर्नबाट तत्काल वञ्चित हुनुपर्ने अवस्था आउने गरेको छ ।’

टेलिकमले संरचना निर्माण वा विस्तारको क्रममा सम्बन्धित निकायहरुबीच समन्वय र सहकार्य हुनुपर्ने भन्दै आफूहरु सबै निकायसँग समन्वय र सहकार्य गर्न तयार तयार रहेको बताएको छ ।

संरचनामा क्षति पुगेर सेवा सञ्चालनमा समस्या आउँदा सेवा निरन्तरताका लागि तत्काल मर्मत गर्ने गरेको पनि टेलिकमका प्रवक्ता अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?