+
+
आईसीसी लिग टू :

संकटका बेला आशिफले बनाए अर्धशतक

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १९ गते १८:०८
फाइल तस्वीर

१९ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी त्रिकोणात्मक शृंखलामा पपुवा न्युगिनीविरुद्ध १८० रनको लक्ष्य पछ्याएको नेपाल एकपछि अर्को विकेट गुमाउँदा दवावमा छ ।

विहीबार यूएईविरुद्ध कमजोर देखिएको नेपालको ब्याटिङ तुलनात्मक रुपमा कमजोर प्रतिस्पर्धी पपुवा न्युगिनीविरुद्ध पनि निरन्तर छ ।

नेपालले लगातार विकेट गुमाइरहेको छ । ओपनर आशिफ शेखले संकटको समयमा संयमित प्रदर्शन गरिरहेका छन् । उनले एक छेउबाट विकेट जोगाउँदा अर्को छेउबाट ब्याटरहरु लगातार आउट भइरहे ।

इनिङ्सको पहिलो बलमै कुशल भुर्तेललाई गुमाएको नेपालले १० ओभर (पावर प्ले)भित्रै तेस्रो नम्बरमा आएका ज्ञानेन्द्र मल्ललाई पनि ६ रनमा गुमायो ।

गुल्सन झालाई प्रतिस्थापन गरेका भीम सार्कीले चौथो नम्बरमा आएर ८ रनमात्र बनाउन सके । कप्तान रोहितकुमार पौडेल र आरिफ शेख १८औं ओभरको पहिलो र पाँचौं बलमा लगातार आउट हुँदा नेपाल ५३–५ को खराव अवस्थामा पुग्यो ।

एकदिवशीय क्रिकेटमा लामो समयदेखि लय भेट्टाउन संघर्षरत दीपेन्द्रसिंह ऐरीले पनि ८ रनमात्र बनाउन सके । विहीबार यूएईविरुद्ध अर्धशतक बनाएका कुशल मल्लले सातौं नम्बरमा आएर २३ रन बनाए । ३२औं ओभरको अन्तिम बलमा आउट हुनुअघि उनले आसिफसँग मिलेर ३१ रनको साझेदारी गरे ।

अहिले क्रिकेटमा आशिफ र सन्दीप लामिछाने ब्याटिङ गरिरहेका छन् । आशिफ १०२ बलमा ५७ रन बनाएर खेलिरहेका छन् । सन्दीपले १८ बलमा ८ रन बनाएर खेलिरहेका छन् ।

३३.२ ओभरमा सेसे बाउको बलमा २ रन लिएपछि आशिफले एकदिवशीय अन्तर्राष्ट्रिय करिअरको सातौं अर्धशतक पूरा गरेका हुन् । उनले ८८ बलमा एक छक्का सहियोगमा अर्धशतक पूरा गरेका हुन् ।

यो समाचार बनाउँदासम्म नेपालले ३८ ओभरको समाप्तिमा ७ विकेट गुमाएर १२५ रन बनाएको छ । जितका लागि नेपाललाई १२ ओभरमा ५५ रन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?