+
+

प्रेमीसँग भोलि विवाह गर्दै लोकगायिका भूमिका गिरी

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २१ गते १२:३१
ब्याचलरेट पार्टीमा गायिका भूमिका गिरी । तस्वीर : भूमिकाको फेसबुकबाट

काठमाडौं । चर्चित लोकगायिका भूमिका गिरी प्रेमीसँग विवाह बन्धनमा बाँधिने भएकी छन् । सोमबार सल्यानका हिजन विष्टसँग उनले लगनगाँठो कस्ने भएकी हुन् । केही समयदेखिको प्रेम सम्बन्धलाई यी दुईले दाम्पत्य जीवनमा परिणत गर्न लागेका हुन् ।

सोमबार सल्यानमा वैवाहिक समारोह आयोजना गरिएको छ । आफन्त र साथीभाइको सीमित उपस्थितिमा विवाह गर्न लागेका हुन् । भूमिकाले शनिबार बेलुका लाजिम्पाटको सम्पदा गार्डेनमा ब्याचलरेट पार्टी आयोजना गरेकी थिइन् । सामाजिक सञ्जालमार्फत उनले यसबारे जानकारी दिएकी छन् ।

पार्टीको तस्वीर सार्वजनिक गरेपछि गायिका गिरीलाई सामाजिक सञ्जालबाट फ्यानले बधाई तथा शुभकामना दिइरहेका छन् । गायक प्रकाश दूतराजसँग उनले सहकार्य गरेका गीतहरु ‘देउरालीमा’, ‘चोली मैलै भो’ लगायत रुचाइएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?