
२२ फागुन, काठमाडौं । प्रिमियर लिगमा आइतबार राति लिभरपुलले म्यानचेष्टर युनाइटेडमाथि फराकिलो जित निकालेको छ ।
घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ७-० ले हराएको हो ।
लिभरपुलको जितमा कोडी गाक्पो, डार्विन नुनेज र मोहमद सलाहले २/२ गोल गरे ।
रोबर्टो फिर्मिन्होले एक गोल थपे ।
जितपछि लिभरपुल २५ खेलबाट ४२ अंक जोडेर पाँचौं स्थानमा उक्लेको छ र शीर्ष चारको सम्भावना बलियो बनाएको छ ।
चौथो स्थानको टोटनहमभन्दा लिभरपुल ३ अंकले पछि छ । २५ खेलबाट ४९ अंकसहित युनाइटेड तेस्रो स्नानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4