+
+

प्रधानमन्त्री प्रचण्डले गरे सरोज उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २२ गते १४:५९

२२ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

गत शनिबार काठमाडौंको शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तला माथिबाट खसेर उपाध्यायको निधन भएको थियो । उपाध्याय एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालका भाइ हुन् ।

एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर पुगेर प्रधानमन्त्री प्रचण्डले उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । उनले माधव नेपालसहित सम्पूर्ण परिवारजनमा समवेदना पनि प्रकट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आज अन्त्येष्टि गर्नुअघि अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीरलाई पार्टी कार्यालयमा राखिएको छ ।

थप तस्वीरहरु : शंकर गिरी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?