+
+

सिटी सफारीको ठक्करबाट पैदलयात्रीको मृत्यु   

रासस रासस
२०७९ फागुन २३ गते ११:०४

२३ फागुन, इनरुवा। सुनसरीको रामधुनी नगरपालिका-१ झुम्का बजारमा सिटी सफारीको ठक्करबाट सोमबार राति एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामधुनी-५ का ५९ वर्षीय भक्तबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ ह ३८७७ नम्बरको सिटी सफारीले पैदलयात्री कार्कीलाई ठक्कर दिएको थियो ।

उपचारका क्रममा कार्कीको मृत्यु भएको र सफारी चालक टहरी-५ का ३५ वर्षीय सुरेश चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?