+
+

रणवीरको फिल्मको प्रदर्शन रोकिंदा ‘छक्कापञ्जा ४’लाई फाइदा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २४ गते १२:४०

काठमाडौं । यतिबेला ‘छक्कापञ्जा ४’लाई भाग्यले पनि साथ दिएजस्तो देखिन्छ । दीपकराज गिरी स्टारर पोलिटिकल ड्रामाले उछाल कमाइ गरिरहँदा बुधबारदेखि प्रदर्शनको तयारीमा रहेको बलिउड फिल्म ‘तु झूठी मैं मक्कर’को नेपाल रिलिज रोकिएको छ । जसको फाइदा प्रत्यक्ष रुपमै ‘छक्कापञ्जा ४’लाई पुगेको छ ।

सेन्सर बोर्डका अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले भारतीय सेन्सर बोर्डको प्रमाणपत्र नआउँदा प्रदर्शन रोकिएको बताए । ‘वितरकले इन्डियन सेन्सर बोर्डको सर्टिफिकेट पेस गर्नुहुन्छ भने फिल्म चल्छ । सम्भवतः आएको पनि होला,’ सुवेदीले अनलाइनखबरसँग भने ।

बुधबारदेखि रिलिज हुने भन्दै हलहरुले मंगलबार नै शो तालिका प्रकाशित गरेका थिए । तर सेन्सर पास नहुँदा हलहरुले प्रकाशित शो पनि हटाएका छन् । सम्भवतः यो फिल्म अब बिहीबारदेखि नेपालमा प्रदर्शन हुन्छ । भारतमा भने रणवीर कपुर र श्रद्धा कपुर स्टारर फिल्म बुधबार नै रिलिज भइसकेको छ ।

समग्रमा भारतीय सञ्चारमाध्यमले यो फिल्मलाई सकारात्मक समीक्षा दिएका छन् । सोहीअनुसार नेपाली हलहरुले राम्रै शो दिएका थिए । फिल्म रिलिज रोकिएपछि स्वभाविक रुपमा ‘छक्कापञ्जा ४’ले राम्रै व्यापार गर्नेछ । नारी दिवसको बिदाको अवसरमा फिल्मले आक्रामक कमाइ गर्ने प्रक्षेपण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?