+
+

ओडीआई वरीयतामा नेपालको दुई स्थान सुधार, १७औं स्थानमा उक्लियो

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २४ गते १८:३५

२४ फागुन, काठमाडौं । पछिल्लो समय आईसीसी क्रिकेट विश्वकप लिग टू मा उत्कृष्ट प्रदर्शन गर्दै ८ मध्ये ७ खेल जितेको नेपालले ओडीआई वरीयतामा दुई स्थान माथि उक्लिएको छ ।

आईसीसीले बुधबार अपडेट गरेको ओडीआईतर्फको वरीयतामा नेपाल दुई स्थान सुधार गर्दै १७औं स्थानमा उक्लिएको हो । नेपालले यूएई र अमेरिकालाई पछि पारेको हो ।

नेपालले घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियासँगको लिग टू मा चारवटै खेल जितेको थियो भने यूएईमा भएका चार खेलमा तीन खेल जितेको थियो । लगातार उत्कृष्ट प्रदर्शन गरेपछि वरियतामा पनि नेपालले फड्को मारेको हो ।

सात राष्ट्र सम्मिलित लिग टू मा नेपाल ३२ खेलबाट ३२ अंक जोड्दै पाँचौ स्थानमा छ । लिग टू मा शीर्ष तीनमा रहेर विश्वकप छनोटमा स्थान बनाउन नेपालले बिहीबारदेखि घरेलु मैदानमा हुने यूएई र पपुवा न्युगिनीसम्मिलित शृखंलामा चारवटै खेल जित्नुपर्नेछ ।

नेपाल भन्दा पछि रहेको अमेरिका १८औं, युएई १९औं र पपुवा न्युगिनी २०औं स्थानमा छन् ।

भारत शीर्ष स्थानमा रहँदा अष्ट्रेलिया दोस्रो स्थानमा छ ।

एसोसिएट राष्ट्रतर्फ स्कटल्याण्ड सबैभन्दा माथि १२औं स्थानमा छ । विश्वकप सुपर लिग खेलिरहेको नेदरल्याण्ड्स १४औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?