+
+

नेपाली बजारमा भित्रियो नयाँ इलेक्ट्रिक स्कुटर स्लेन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २४ गते १६:४७

काठमाडौं । नेपाली बजारमा नयाँ इलेक्ट्रिक स्कुटर स्लेन भित्रिएको छ ।
जमुनी अटो सेन्टरले बुधबार काठमाडौंको भृकुटीमण्डपमा पहिलो तथा मुख्य शो–रुमको औपचारिक उद्घाटन गरेको हो ।

स्लेनको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक जमुनी अटोले सोही समारोहमा स्कुटर इलेक्ट्रिक स्लेन सार्वजनिक पनि गर्‍यो । ३५०० वाट क्षमता र ७२ भी ५२ एच ब्याट्री पावर भएको स्लेन इलेक्ट्रिक स्कुटर रातो, कालो, खैरो, सेतोसहित पाँचवटा रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यो इलेक्ट्रिक स्कुटर नेपालकै अहिलेसम्मकै सबैभन्दा बढी क्षमता भएको र यसको बजार मूल्य ३ लाख ५० हजार रुपैयाँ तोकिएको जमुनी अटो सेन्टर प्रालिकी अध्यक्ष डा.मनोरमा जैसवालले दाबी गरिन् ।

निकट भविष्यमा विद्युतीय अटोरिक्सा लगायत तीन पाङ्ग्रे सवारी साधन र चार पाङ्ग्रे सवारी साधन पनि भित्राउने तयारी रहेको उनले जानकारी दिइन् । चीनमा निर्मित स्लेनका इलेक्ट्रिक स्कुटरहरू लोकप्रियता र गुणस्तरका आधारमा चिनियाँ अटोमोबाइल्स बजारमा छैटौं स्थानमा पर्ने कम्पनीको भनाइ छ । स्लेन इलेक्ट्रिक स्क्टुरको ब्याट्री ६ वर्षसम्म चल्ने जमुनी अटो सेन्टरले बताएको छ ।

बुधबार १ हजार रुपैयाँ तिरेर इलेक्ट्रिक स्क्टुर बुकिङ गरेका ग्राहकहरुले २५ हजार नगद छुट पनि प्राप्त गरेका छन् । पहिलो ५० जना ग्राहकहरूमध्येबाट भाग्यशाली एकजनाले १ लाख रुपैयाँको बम्पर उपहार पाउने जमुनी अटो सेन्टरले जनाएको छ । आजैदेखि जमुनी अटो सेन्टरले पोखरा र बाग्लुङमा पनि आफ्नो नयाँ शो–रूमहरू सञ्चालनमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?