+
+
लिग टू क्रिकेट :

पीएनजीले यूएईलाई दियो २४७ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २६ गते १३:१६

२६ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अन्तिम शृंखलाको दोस्रो खेलमा पपुवा न्युगिनीले यूएईसामू २४७ रनको लक्ष्य पेश गरेको छ ।

त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको पीएनजीले तीनजना ब्याटरको अर्धशतक सहयोगमा ९ विकेट गुमाएर २४६ रनको योगफल बनाएको छ ।

पीएनजीका किप्लिन डोरिगा, हिरी हिरी र सेसे बाउले अर्धशतकीय योगदान गरे । हिरी हिरी र बाउले शतकीय साझेदारीसमेत पूरा गरे । पीएनजीले सुरुवात उत्कृष्ट गरेको थियो । पावर प्लेमा ७१ रन जोडेको उसका लागि डोरिगाले ४४ बलमा ८ चौका र २ छक्कासहयोगमा ५५ रन बनाए ।

नियमित ओपनर टोनी उरा वार्मअपको समयमा घाइते भएपछि सेसे बाउले पीएनजीको ओपनिङ संहालेका थिए । उनले तेस्रो नम्बरमा आएका हिरी हिरीसँग मिलेर दोस्रो विकेटका लागि ११२ रनको शतकीय साझेदारी गरे । ३० ओभरको समाप्तिमा पीएनजीले १ विकेट गुमाएर १८० रनको योगफल बनाइसकेको थियो ।

तर, ३२औं ओभरमा यूएईका आयन अफ्जल खानले लगातार बलमा विकेट लिएपछि पीएनजीले त्यसयता लगातार विकेट गुमाइरह्यो । एकदिवसीय अन्तर्राष्ट्रिय करिअरकै उत्कृष्ट ब्याटिङ गरेका हिरीहिरीले ८५ बलमा ५ चौका र ४ छक्कासहित ७७ रन बनाएर आउट भए । पीएनजीले अन्तिम २० ओभरमा ८ विकेट गुमाएर ६६ रनमात्र थप्न सक्यो ।

ओपनिङमा आएका सेसे बाउ ८१ रनमा अविजित रहे । उनले १०६ बलमा १० चौका प्रहार गरे । बलिङमा यूएईका युवा स्पिनर आयान खानले १० ओभरमा ३ मेडन राख्दै ३४ रन खर्चेर ३ विकेट लिए । जुनेद सिद्धकीले ९ ओभरमा १ मेडनसहित ३९ रन खर्चेर २ विकेट लिए । जहोर खानले ७ अ‍ेभरमा ४९ रन खर्चेर २ विकेट लिए । रोहन मुस्तफा,  कार्तिक  मेइयाप्पनले १–१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?