+
+

ममता झालाई उपराष्ट्रपतिमा उठाउने जनमत पार्टीको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २६ गते १६:११

२६ फागुन, काठमाडौं । जनमत पार्टीले ममता झालाई उपराष्ट्रपति उठाउने भएको छ ।

जनमत पार्टीले उपराष्ट्रपति आफूले पाउनु पर्ने दावी गर्दै झाको नाम अघि सारेको नेता विपी साहले जानकारी दिए ।

सदभावना पार्टीबाट राजनीति सुरु गरेकी ५३ वर्षीय  झा जनमत पार्टीकी सप्तरी जिल्ला इञ्जार्ज छिन् ।

उनी स्थानीय तह चुनावमा राजविराज नगरपालिकाको मेयरमा उम्मेदवार थिइन् ।

उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी जसपा नेपालले पनि दाबी गर्दै आएको छ । उसले बारा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै नागरिक उन्मुक्ति पार्टीले पनि उपराष्ट्रपति आफूले पाउनु पर्ने भन्दै उमेर नै नपुगेकी रञ्जिता श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?