+
+

पीएनजीका प्रशिक्षक भन्छन् : यूएईको कमजोरीलाई हतियार बनाउँदा जित्यौं

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २६ गते १९:१८

२६ फागुन, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टूमा यूएईविरुद्ध लगातार चार खेल जितेको पपुवा न्युगिनी पीएनजीका प्रशिक्षक मार्क कोल्सले यूएईको कमजोरीलाई हतियार बनाउँदा सफलता पाएको बताएका छन् ।

यूएईमाथि लगातार चौथो जित हात पार्ने क्रममा शुक्रबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा यूएईलाई ५६ रनले पराजित गरेपछि कोल्सले भने, ‘आज हामीले विपक्षीको कमजोरीको फाइदा उठायौं ।’

लिग टूको अन्तिम शृंखला खेलिरहेको पीएनजीले केही गुमाउने र केही पाउने स्थिति छैन । अंक तालिकाको पुछारमा रहेको उसले अहिलेसम्म ३४ खेल खेलेकोमा जम्मा ५ खेल मात्र जितेको छ । जसमध्ये ४ वटा खेलमा उसले यूएईलाई नै हराएको छ ।

२०२२ को मार्चमा यूएईलाई उसकै भूमिमा हराएको पीएनजीले गत हप्ता यूएईमै भएको शृंखलामा घरेलु टोलीसँगका दुवै खेल जितेको थियो ।

‘हामीले यूएईलाई सहज लिँदैनौं । हामीले यूएईकै लागि भनेर खास योजना बनाउँदैनौं, तर खेलमा हामीले उनीहरुलाई जितिरहेका छौं, यो सकरात्मक पक्ष हो’, उनले भने, ‘हामीले हाम्रो राम्रो पक्षहरुलाई ध्यानमा राखेर खेलिरहेका छौं । हामीले अझै पनि गल्तीहरु गरिरहेका छौं । धेरै पक्षहरु सुधार्न बाँकी छ ।’

पीएनजीका नियमित ओपनर टोनी उरा खेलअघि घाइते भएका थिए । नेपालसँग सोमबार हुने खेलमा उनले खेल्ने नखेल्ने निश्चित छैन । उनको ठाउँमा यूएईविरुद्ध मिडलअर्डर ब्याटर हिरी हिरीले ओपनरको भूमिकामा खेलेका थिए । उनले उक्त भूमिकालाई न्याय गर्दै एकदिवसीयमा आफ्नो उत्कृष्ट अर्धशतक पनि बनाए । प्रशिक्षक भन्छन्, ‘हामी सबैठाउँमा सहज भइ(भर्सटाइल) खेलिरहेका छौं । हिरी हिरीले अन्तिम समयमा त्यो जिम्मेवारी पाएका थिए । उनले उत्कृष्ट इनिङसका खेले ।’

पीएनजीले ३० ओभरसम्म निकै संयमित हुँदै राम्रो ब्याटिङ गरे पनि पछिल्ला क्रममा ब्याट्सम्यानले रन बनाउन सकेका थिएनन् । प्रशिक्षक कोल्स भन्छन्, ‘यूएईको स्पिन राम्रो थियो । जसका कारण हामीलाई ३० ओभरपछि गाह्रो भयो ।’

तर पनि खेल जितेकोमा प्रशिक्षक कोल्स खुसी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?