+
+

४ साना कम्युनिष्ट पार्टीले गरे संयुक्त मोर्चाको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २६ गते १९:४६

२६ फागुन, काठमाडौं। साना चार कम्युनिष्ट पार्टीहरुले संयुक्त मोर्चाको घोषणा गरेका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै चार साना कम्युनिष्ट पार्टीहरुले संयुक्त मोर्चाको घोषणा गरेका हुन् ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल र कर्णजित बुढाथोकी सुशिल नेतृत्वको नेकपा माओवादी समाजवादी पार्टीले संयुक्त मोर्चाको घोषणा गरेका हुन् ।

उनले भने, ‘हामीले आँट गरेका छौँ । हामी सहमत भएका छौँ । एकरुपतामागएका छौँ कि, यो संयुक्त मोर्चामा समाजवादी, देशभक्त संयुक्त मोर्चा जुन बनेको छ हाम्रो यो मोर्चाले देशको विकेन्द्रित स्थितिलाई एकतावद्ध गर्ने पहल गर्नेछ।’

मोर्चाको नाम समाजवादी, देशभक्त मोर्चा हुने बताइएको छ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले मोर्चाले साम्राज्यवादी अतिक्रमण र हस्तक्षेपको विरुद्धमा स्वाधिनताको नेतृत्व गर्ने बताए ।

उनले भने, ‘संकटलाई निकासमा लैजाने नेतृत्व गर्नेछ । यथास्थितिलाई क्रान्तिमा बदल्ने नेतृत्व लिनेछ। जनताको अधिकारहरुलाई स्थापित गर्नलाई यसले नेतृत्व लिनेछ । यसले साम्राज्यवादी अतिक्रमण र हस्तक्षेपको विरुद्धमा स्वाधिनताको नेतृत्व गर्नेछ ।’

उनले देश गोलचक्करमा फसिरहेको भन्दै देशलाई अग्रमनको मार्गमा लाने प्रयत्न गरिने बताए । उनले भने, ‘ यसले आज गोलचक्करमा फसिरहेको नेपालमा सु-स्पष्ट मार्गमा एउटा क्रान्ति, परिवर्तन र अग्रगमनको मार्गमा लिएर जानेछ । हाम्रो प्रयत्न त्यो दिशामा रहनेछ ।’

मोर्चाले केन्द्रीय समिति बनाउने र केन्द्रिय समितिमा अध्यक्ष मण्डल रहने जनाइएको छ । अध्यक्ष मण्डलले अध्यक्ष तोक्ने र अध्यक्षको कार्यकाल एक वर्षको हुने नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार मोर्चाको केन्द्रिय, प्रदेश र जिल्ला संगठन हुनेछ । केन्द्रीय समितिमा १५देखि २१ जनासम्म र जिल्लामा ११ देखि १५ जनासम्म रहने उहाँले बताउनुभयो ।

मोर्चाले राष्ट्रिय स्वाधिनता सम्बन्धी, वैज्ञानिक समाजवाद तथा जनवाद सम्बन्धी, जनजीविका सम्बन्धी र विभिन्न संघर्षका कार्यक्रम गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?