+
+

प्रतिबोरा ९ सय रुपैयाँले सस्तियो मैदाको भाउ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २६ गते १९:५४

२६ फागुन, काठमाडौं । मैदाको भाउ प्रतिबोरा ९ सय रुपैयाँले सस्तिएको छ । रुस-युक्रेन युद्धका कारण अचाक्ली बढेको मैदाको भाउमा सुधार हुँदै गएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।

संघका अनुसार केही महिना अघि ४ हजार ६ सय रुपैयाँ प्रतिबोरा (५० किलो) पर्ने मैदाको मूल्य घटेर अहिले ३ हजार ७ सय रुपैयाँमा झरेको छ । संघका सहकोषाध्यक्ष ध्रुब अधिकारीकाअनुसार गहुँको उपलब्धता बढेसँगै मैदाको मूल्य घटेको हो ।

‘अहिले ५० किलोको मैदाको बोराको बजार मूल्य ३ हजार ७ सयमा झरेको छ,’ अधिकारीले भने, ‘झण्डै ९२ रुपैयाँ किलोको मैदाको मूल्य अहिले ७४ रुपैयाँ हाराहारीमा झरेको छ ।’

नेपाललाई भारतले गहुँ आयातका लागि अनुमति दिएसँगै बजारमा गहुँको मूल्य ओरालो लागेको संघले जनाएको छ । मैदाको मूल्य घट्नुको फाइदा खाद्यान्न उपजमा पर्ने अधिकारी बताउँछन् ।

यस बीचमा बिस्कुट र चाउचाउको मूल्यमा उच्च वृद्धि भएको र अब मैदाको मूल्य घट्दाको फाइदा यी उत्पादनमा पर्ने उनले बताए । सरकारले भारतसंग माग गरेको ५० हजार मेट्रिकटन गहुँ उद्योगी व्यवसायीहरुले आयात गर्न थालेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?