+
+

उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्न एमाले बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २७ गते ७:४७

२७ फागुन, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।

बैठक बिहान ९ बजे ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बोलाइएको छ ।

उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारबारे निर्णय गर्न बैठक बस्न लागेको कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए ।

उपराष्ट्रपतिको मनोनयन दर्ता आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ ।

एमाले र सत्ता गठबन्धनले अहिलेसम्म उम्मेदवार टुंगो लगाएका छैनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?