+
+

उपराष्ट्रपतिमा एमालेकी अष्टलक्ष्मी शाक्यको उम्मेदवारी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २७ गते १२:५७
उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएपछि एमाले नेतृ अष्टलक्ष्मी शाक्य । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर ।

२७ फागुन, काठमाडौं । उपराष्ट्रपति पदमा नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् ।

शनिबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई उनले उपपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

शाक्यको प्रस्तावकमा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण बिष्ट, रघुवीर महासेठ छन् । समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा
दाहाल, भगवती न्यौपाने, यशोदा रिजाल रहेका छन् । उपराष्ट्रपतिको निर्वाचन ३ चैतमा हुँदैछ ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उम्मेदवार शाक्यले लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले आफ्नो उम्मेदवारीबारे सोच्न जरुरी रहेको बताइन् । लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले सोच्न जरुरी छ । लोकतन्त्रमा हामी विश्वास गर्ने भएकाले सबैको सहयोग रहनेछ’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?