+
+

यादवले भने- मेरो उम्मेदवारी कानुनसम्मत

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २८ गते ११:४०

२८ फागुन, काठमाडौं । उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवले आफ्नो उम्मेदवारी कानुनसम्मत भएको भन्दै आफूविरुद्धको उजुरी खारेज गर्न माग गरेका छन् ।

आफूविरुद्ध परेको उजुरी संविधानको धारा ७० र राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धित ऐनको दफा १६ (५) को मनासाय र भावनाविपरीत भएको यादवको तर्क छ ।

संविधानको धारा ७० मा ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिङ्ग वा समुदायको प्रतनिधित्व हुने गरी गर्नु पर्नेछ’ भन्ने व्यवस्था छ । यादवले संविधानमा ‘वा’ लेखिएको र आफू राष्ट्रपतिमा निर्वाचित भइसकेका रामचन्द्र पौडेलभन्दा फरक समुदायको भएकाले उम्मेदवारी संविधानसम्मत भएको तर्क गरेका छन् ।

उपराष्ट्रपति पदमा जसपाका यादवसहित चार जनाको उम्मेदवारी परेको छ । एमालेकी अष्टलक्ष्मी शाक्य, जसपाकी प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा उपराष्ट्रपति उम्मेदवार छन् । शाक्य र झाले यादव पुरुष उम्मेदवार भएकाले उनको उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका छन् ।

उम्मेदवारविरुद्ध परेका उजुरीउपर आज १२ बजे निर्णय गर्ने, त्यसपछि उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ताको समय दिने र आजै ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?